१० वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले भद्रपुर नगरपालिका–८ का ३२ वर्षीय अमर खड्कालाई एक वर्ष कैद सजायको फैसला सुनाएको छ ।
न्यायाधीश शङ्करबहादुर राईको पुस २२ गतेको इजलासले कसुर गरेको ठहर गर्दै कैद सजायको आदेश भएको अदालतका श्रेस्तेदार वीरेन्द्रकुमार बस्नेतले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
पीडित बालिकालाई आरोपितले ०७८ साउन ३२ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध भदौ १ गते इलाका प्रहरी कार्यालय अनारमनीमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा प्रहरीले आरोपितलाई भदौ १० गते गिरफ्तार गरी कारबाही अघि बढाएको थियो । जिल्ला अदालतको ०७८ असोज ५ गतेको आदेशमा आरोपित पुर्पक्षका लागि थुनामा थिए ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण मेची अस्पतालमा ०७८ भदौ १ गते गरिएको थियो ।