आठ वर्षीया बालिकालाई बलात्कार गरेको घटनाको कसुर ठहर भएकको आठ वर्षपछि १३ वर्षीय बालकलाई प्रहरीले पुस २० गते गिरफ्तार गरी कारागार पठाएको जिल्ला प्रहरी कार्यालय प्यूठानका इन्सपेक्टर देवीप्रसाद गैरेले बताउनु भयो ।
बालकलाई जिल्ला अदालत प्यूठानले ०७० वैशाख २९ गते दोषी ठहर गरी ६ महिना कैद सजाए तोकेको थियो । आरोपित बालक गिरफ्तार हुँदा २१ वर्षका भएको प्रहरीले जनायो ।
पीडित बालिकालाई आरोपितले ०६९ माघ २२ गते बलात्कार गरेको भन्दै पीडित पक्षले माघ २४ गते उजुरी दिएको थियो । बालकलाई प्रहरीले ०६९ माघ २५ गते गिरफ्तार गरेको थियो ।
जिल्ला अदालतले ०६९ फागुन १६ गते साधारण तारेखमा छाडेको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण ०६९ माघ २५ गते जिल्ला अस्पताल बिजुवारमा गरिएको थियो ।
साधारण तारेखबाट छुटेपछि बालक फारार रहेको र अदालतले दोषी ठहर गरेपछि पनि आरोपितलाई गिरफ्तार गर्न नसकिएको जिल्ला प्रहरी कार्यालय प्यूठानका इन्सपेक्टर देवीप्रसाद गैरेले बताउनु भयो ।