INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा कैद सजायको फैसला

१४ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको कसुरमा जिल्ला अदालतले  शिवसताक्षी नगरपालिका–४ का २१ वर्षीय सुजन चौहानलाई १८ वर्ष,सोही ठाउँका २४ वर्षीय शम्भु गिरी र अर्जुनधारा नगरपालिका–१ का ३१ वर्षीय सुजुन भनिने सुदन थापालाई तीन वर्ष कैद सजायको फैसला सुनाएको छ ।

न्यायाधीश शङ्कर राईको पुस १३ गतेको इजलासले कसुर गरेको ठहर गर्दै चौहानलाई १ लाख रुपियाँ,गिरी र थापालाई जनही ५० हजार रुपियाँ जरिबाना भराउन आदेश भएको अदालतका सूचना अधिकारी अर्जुनप्रसाद गुरागाँइले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो । अदालतको सोही आदेशले आरोपित ३२ वर्षीया इन्द्रकुमारी गिरीलाई सफाइ दिएको छ ।

पीडित बालिकालाई आरोपितहरूले ०७७ साउन २७ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध भदौ १ गते इलाका प्रहरी कार्यालय झिलझिलेमा उजुरी दिएको थियो ।

आरोपित सबैलाई प्रहरीले भदौ १ गते घरबाट गिरफ्तार गरी जिल्ला अदालतमा भदौ २४ गते बलात्कार शीर्षकमा मुद्दा दर्ता गरेको थियो ।

जिल्ला अदालतको भदौ २६ गतेको आदेशले सुजन चौहान, शम्भु गिरी र सुदन थापालाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । अदालतको सोही आदेशले इन्द्रकुमारीसँग १ लाख रुपियाँ धरौटी माग गरेको थियो ।

पीडितको स्वास्थ्य परीक्षण मेची अस्पतालमा ०७७ भदौ १ गते गरिएको थियो ।

अन्य

भिडियो