INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा जन्मकैद सजायको फैसला

सात वर्षीया बालिकालाई  बलात्कार गरेको कसुरमा जिल्ला अदालतले अर्जुधारा नगरपालिका–३ का  ४२ वर्षीय  राजकुमार सार्कीलाई जन्मकैदको सजायको फैसला सुनाएको छ ।

न्यायाधीश गिरीराज गौतमको पुस १८ गतेको इजलासले कसुर गरेको ठहर गर्दै कैद सजायको आदेश भएको अदालतका श्रस्तेदार वीरेन्द्रकुमार बस्नेतले बताउनु भयो ।

पीडित बालिकालाई आरोपितले ०७८ साउन १६ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध साउन १७ गते इलाका प्रहरी कार्यालय अनारमनीमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई प्रहरीले सोही दिन गिरफ्तार गरेको थियो । जिल्ला अदालतको ०७८ भदौ ९ गतेको आदेशमा आरोपित पुर्पक्षका लागि थुनामा थिए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण मेची अस्पतालमा ०७८ साउन १७ गते गरिएको थियो ।

अन्य

भिडियो