१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले धनकुटा नगरपालिका‒९ छिम्सुवाका २० वर्षीय सरोज भनिने गोपी बस्नेतलाई पुस १७ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले ०७८ असोज ९ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध असोज १४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरी लगत्तै फरार भएका आरोपितलाई मोरङस्थित नेपाल भारत सिमावर्ती क्षेत्रबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी सुरज कार्कीले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
आरोपितविरूद्ध प्रहरीले जिल्ला अदालतमा पुस १८ गते बलात्कार शीर्षकमा मुद्दा दर्ता गरेको डिएसपी कार्कीले बताउनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा पुस १५ गते गरिएको छ ।