मिर्चैया नगरपालिका–६ स्थित बतहा खोला नजिक पुस १९ गते बिहान ना ४ ख १००९ नम्बरको ट्रकमा अपरिचित व्यक्तिहरूको समूहले आगजनी गरेको प्रहरीले जनाएको छ ।
पुर्वबाट पश्चिमतर्फ जाँदै गरेको ट्रकमा अपरिचित व्यक्तिहरूको समूहले ट्रक रोकी आगो लगाएको इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी हरीबहादुर वलीले बताउनु भयो ।
आगलागीबाट गाडीको अगाडिको भाग जलेको र जनमत पार्टीको आन्दोलन भएकोले उनीहरूकै कार्यकर्ताहरूले आगजनी गरेको हुन सक्ने डिएसपी वलीले जानकारी दिनु भयो । आगजनीमा संलग्नहरूको खोजी भइरहेको डिएसपी वलीले बताउनु भयो ।
जनमत पार्टीले पुस १५ गतेदेखि तराईका जिल्लाहरूमा अनिश्चतकालिन राजमार्ग बन्दको आह्वान गरेको छ ।