बाँफीकोट गाउँपालिका –१ का ७४ वर्षीय ज्येष्ठ नागरिकलाई खुकुरी प्रहार गरी १७ वर्षीया नातिनीले घाइते बनाएको पीडित पक्हुषको आरोप छ ।
०७८ पुस १५ गते आफूले सामाजिक सुरक्षा भत्तावापतको १२ हजार रूपियाँ ल्याएदेखि नै नातिनीले रकम माग गर्दै पछ्याएको र १६ गते बिहान आफूमाथि खुकुरी प्रहार गरेको पीडितले इन्सेक प्रतिनिधिलाई बताउनुभयो ।
घाइते ज्येष्ठ नागरिकको प्राथमिक उपचार १६ गते जिल्ला अस्पताल सल्लेमा गरेर थप उपचारका लागि मिसन अस्पताल चौरजहारीमा रिफर गरिएको डाक्टर भिमकान्त जैसीले जानकारी दिनुभयो ।
पत्नीको मृत्यु भइसकेको र घरमा आफू एक्लै बस्ने गरेको पीडितको भनाइ छ ।
घटनामा संलग्न बालिकालाई पुस १७ गते गिरफ्तार गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर डेकेन्द्र शर्मा रेग्मीले जानकारी दिनुभयो ।