१८ वर्षीया युवतीलाई बलात्कार गरी फरार रहेका आरोपित जुगल गाउँपालिका–३ गुम्बाका ३० वर्षीय फापाङ भन्ने दावा तामाङलाई प्रहरीले पुस १६ गते गिरफ्तार गरेको छ ।
घरमा पाउना लाग्न आएका आरोपितले मङ्सिर २६ गते बलात्कार गरेको भन्दै पीडितले आरोपितविरुद्ध पुस ४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर हरिबोल के.सी.ले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण पुस ४ गते चौतारा अस्पतालमा भएको प्रहरीले जनाएको छ ।