१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले पुस १५ गते भक्तपुर ठिमी नगरपालिका–५ का ३४ वर्षीय राकेश कर्माचार्यलाई काठमाडौँ महानगरपालिका–२८ कमलादीबाट गिरफ्तार गरेको छ ।
पीडितलाई पुस १५ गते बलात्कार गरेको भन्दै पीडितका आफन्तले पुस १५ गते महानगरीय प्रहरी वृत कालिमाटीमा उजुरी दिएका थिए ।
पीडित पक्षको उजुरी प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीको टोलीले आरोपितलाई कमलादीबाट गिरफ्तार गरेको कालिमाटीस्थित प्रहरीको महिला, बालबालिका तथा जेष्ठ नागरिक सेलकी प्रमुख इन्सपेक्टर अनु लामाले जानकारी दिनुभयो ।
पीडितको स्वास्थ्य परीक्षण थापाथलीस्थित प्रसुति गृहमा पुस १६ गते भयो ।
आरोपितलाई पुस १६ गते जिल्ला अदालत काठमाडौँबाट पाँच दिनको म्याद थप गरी पुर्पक्षका लागि महानगरीय प्रहरी वृत कालिमाटीको हिरासतमा राखिएको छ ।