INSEC Online

📅 २०८३ जेष्ठ २१

जोखिममा रहेका चार बालबालिकाको उद्धार

पोखरा महानगरपालिका भित्र विभिन्न क्षेत्रमा रहेर श्रम गरिरहेका एक १४ वर्षीय बालक, ११ वर्षीया र दुई १५ वर्षीया बालिकालाई पुस १४ गते उद्धार गरिएको छ ।

गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, राष्ट्रिय बालअधिकार परिषद्, श्रम तथा रोजगार कार्यालय, पोखरा महानगरपालिका, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), शक्ति समूह, कोपिला नेपाल लगायत संस्थाहरुको पहलमा उनीहरुको उद्धार गरिएको हाे ।

Photo20211231Kaski1

घरेलु श्रमिक, होटल श्रमिक र बङ्गुर फार्ममा काम गर्ने ती बालबालिकालाई श्रमिकको रुपमा प्रयोग गरिएको खबर पाएपछि सरकारी निकाय र नागरिक संस्थासँगै सरोकारवालाको पहलमा उद्धार गरिएको पोखरा उद्योग वाणिज्य सङ्घ अन्तरगत बालश्रम न्यूनिकरण कार्यक्रम संयोजक प्रिती पाण्डेले जानकारी दिनुभयो ।

उद्धार गरिएका बालबालिकालाई पोखरा स्थित एक सुरक्षा गृहमा राखिएको छ ।

Photo20211231Kaski2

अन्य

भिडियो