११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले मेचीनगर नगरपालिका‒११ का ५८ वर्षीय देविबहादुर कुवँरलाई एक वर्ष कैद सजायको फैसला सुनाएको छ ।
न्यायाधीश इन्दिरा शर्माको पुस १२ गतेको इजलासले कसुर गरेको ठहर गर्दै कैद सजायसँगै १० हजार रुपियाँ जरिबानाको आदेश भएको अदालतका सूचना अधिकारी अर्जुनप्रसाद गुरागाँइले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
पीडित बालिकालाई आरोपितले ०७८ कात्तिक १२ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध कात्तिक १५ गते इलाका प्रहरी कार्यालय धुलाबारीमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई सोही दिन गिरफ्तार गरी कारबाही अघि बढाएको थियो । जिल्लाको ०७८ मङ्सिर ६ गतेको आदेशमा आरोपित पुर्पक्षका लागि थुनामा थिए ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण मेची अस्पतालमा ०७८ कात्तिक १५ गते गरिएको थियो ।