INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा एक वर्ष सजायको फैसला

१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले कपिलवस्तु नपा–५ का २८ वर्षीय दिनेश भन्ने रतन गिरीलाई १ वर्ष कैद र १० हजार रुपियाँ जरिबाना तथा ५० हजार रुपियाँ क्षतिपूर्ति हुने गरी फैसला गरेको छ ।

न्यायाधीश कृष्णप्रसाद नेपालकोे इजलासले गिरीलाई पुस १२ गते दोषी ठहर गर्दै एक वर्ष कैदसहितको फैसला गरेको श्रेस्तेदार सुमन पाण्डेले जानकारी दिनु भयो ।

पीडितलाई आरोपितले ०७७ चैत २४ गते बलात्कार गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालय, कपिलवस्तुमा चैत २५ गते उजुरी दिएको थियो ।

पीडितको स्वास्थ्य परीक्षण ०७७ चैत २४ गते कपिलवस्तु अस्पताल तौलिहवामा गरिएको थियो ।

अन्य

भिडियो