INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४  वर्षीया बालिकालाई पुस १० गते  बलात्कार गरेको  आरोपमा प्रहरीले पुस ११  गते बुढानीलकण्ठ नगरपालिका–२ चपली  डेरा गरी बस्ने  २१ वर्षीय लाक्पा ग्यावालाई गिरफ्तार   गरेको छ ।

पीडित बालकिालाई पुस १० गते साँझ  अरोपितले  घरेलु मदिरा सेवन गराई  डेरामा लगेर  बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपितविरुद्ध पुस ११ गते महानगरीय प्रहरी वृत महाराजगञ्जमा  उजुरी दिएपछि गिरफ्तार गरिएको कालिमाटीस्थित महिला बालबालिका तथा जेष्ठ नागरिक सेलकी प्रमुख इन्स्पेक्टर अनु लामाले बताउनुभयो ।

आरोपितलाई जिल्ला अदालतबाट पुस ११ गते पाँच दिनको म्याद थप गरी पुर्पक्षका लागि महानगरीय  प्रहरी वृत महाराजगञ्जको हिरासतमा राखिएको छ ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण  थापाथली स्थित प्रसुति गृहमा पुस ११ गते  गरिएको छ ।

अन्य

भिडियो