मानव अधिकार रक्षकहरूको लुम्बिनी प्रदेशस्तरीय भेलाले १८ बुँदे मानव अधिकार रक्षकहरूको बुटवल घोषणापत्र जारी गरेको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेशको आयोजनामा पुस ८ र ९ गते नागरिक समाजको कार्यक्षेत्र र मानव अधिकार रक्षकहरूको अधिकार विषयक लुम्बिनी प्रदेशस्तरीय मानव अधिकार रक्षक भेलाले यस्तो घोषणा गरेको हो ।
भेलाले प्रदेशस्तरीय मानव अधिकार निगरानी समिति समेत गठन गरेको छ ।

लुम्बिनी प्रदेश स्तरिय मानव अधिकार निगरानी समिति
संयोजकः केशव शर्मा, दाङ
सदस्यः वसन्त गौतम, बाँके
सदस्यः बिरबहादुर थारु, बर्दिया
सदस्यः कृष्णप्रसाद खनाल, कपिलवस्तु
सदस्यः यादवराज पोखरेल, पाल्पा
सदस्यः नारायण पराजुली, नवलपरासी पश्चिम
सदस्यः जनार्दन घिमिरे, गुल्मी
सदस्यः अनिल नेपाली, अर्घाखाची
सदस्यः तिलक घर्ती, रोल्पा
सदस्यः रबिन्द्र पाण्डे, प्युठान
सदस्य सचिवः रीमा बिसी, रुपन्देही इन्सेक