INSEC Online

📅 २०८३ जेष्ठ २१

घरेलु हिंसा घटनाका आरोपित गिरफ्तार

बर्दगोरिया गाँउपालिका–२ की ३० वर्षीया किमसरा विकलाई चिर्पटले टाउँकोमा हानेर गम्भिर घाइते बनाएको आरोपमा प्रहरीले ३५ वर्षीय पति भरत बिकलाई पुस ८ गते गिरफ्तार गरेको छ ।

घरायसी विषयमा पुस ८ गते झगडा भएपछि आरोपितले चिर्पटले टाउँकोमा हानेर गम्भिर घाइते बनाएपछि उपचारको लागि बर्दगोरिया स्वास्थ्य चौकीमा लगिएको भएपनि स्वास्थ्य चौकीमा उपचार हुन नसकेपछि थप उपचारका लागि पुस ८ गते कोहलपुर मेडिकल कलेजमा लगिएको पीडितका काका जनकबहादुर विकले इन्सेक प्रतिनिधीसँग फोनमा बताउनु भयो ।

पीडित पक्षले पुस ८ गते उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरी बहुनिया प्रहरी चौकीको हिरासतमा राखेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, कैलालीका डिएसपी वेदप्रकाश जोशीले इन्सेक प्रतिनिधीसँगको भेटमा बताउनु भयो ।

पीडित बर्दगोरिया गाँउपालिका–६ स्थित स्वास्थ्य चौकीमा अहेव पदमा कार्यरत स्वास्थ्यकर्मी हुन् ।

अन्य

भिडियो