INSEC Online

📅 २०८३ जेष्ठ २१

मोर्चाका कार्यकर्ताद्वारा स्थानीय तहमा तालाबन्दी

संविधान संशोधनसहितका माग सम्बोधन नभएसम्म स्थानीय निर्वाचन हुन नदिने भन्दै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले जिल्लाको पातो नगरपालिका, बेल्ही चपेना गाउँपालिका र छिन्नमस्ता गाउँपालिकामा चैत ६ गते तालाबन्दी गरेका छन् ।

मोर्चाको आन्दोलन जारी रहेको र स्थानीय तहको पुर्नसंरचना विभेदपूर्ण भएकोले कार्यान्वयन हुन नदिने भन्दै मोर्चाले स्थानीय निकायहरूमा तालाबन्दी गरेको मोर्चाका जिल्ला संयोजक दिनेशकुमार यादवले जानकारी दिए ।

स्थानीय तह पुर्नसंरचनाको विरोधमा रहेको मोर्चाले क्रमशः जिल्लाका सबै गाउँपालिका, नगरपालिका र वडा कार्यालयहरूमा तालाबन्दी गर्ने जनाएको छ ।

अन्य

भिडियो