१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बीरगंज महानगरपालिका–१६ नगवाटोलका १९ वर्षीय नितेशकुमार महतोलाई मङ्सिर २८ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले मङ्सिर २३ गते बाटोबाटै बहुदरमाई नगरपालिका–४ स्थित एक घरमा राखी मङ्सिर २६ गतेसम्म बलात्कार गरेको भन्दै पीडित बालिकाका बुबाले जिल्ला प्रहरी कार्यालय पर्सामा मङ्सिर २८ गते उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी ओमप्रकाश खनालले जानकारी दिनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण मङ्सिर २८ गते नारायणी अस्पतालमा गरिएको छ ।