INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

८९ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा बाह्रविसे नगरपालिका–३ ठूलोपलातीका ६५ वर्षीय भक्तबहादुर थापालाई प्रहरीले ०७८ मङ्सिर २८ गते घरबाट गिरफ्तार गरेको छ ।

पीडितलाई मङ्सिर २२ गते दिउँसो पीडितको घर नजिक बारीमा बलात्कार गरेको भन्दै पीडित पक्षले मङ्सिर २३ गते इलाका प्रहरी कार्यालय बाह्रविसेमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका एसपी राजन अधिकारीले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण मङ्सिर २३ गते प्राथमिक स्वास्थ्य केन्द्र बाह्रविसेमा गरिएको बाह्रविसे स्वास्थ्य केन्द्रका डाक्टर जीवनराज श्रेष्ठले बताउनु भयो ।

आरोपितलाई जिल्ला अदालतको मङ्सिर २९ गतेको अनुमतिले अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय बाह्रविसेको हिरासत कक्षमा राखिएको प्रहरीले जनाएको छ ।

अन्य

भिडियो