INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार प्रयास कसुरमा तीन वर्ष ६ महिना कैद सजायको फैसला

४६ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको कसुरमा हुम्ला जिल्ला अदालतले दार्चुलाको लेकाम गाउँपालिका–२ का २५ वर्षीय लोकेन्द्र साउदलाई तीन वर्ष ६ महिना कैदको फैसला गरेको छ ।

जिल्ला न्यायाधीश जगतबहादुर पौडेलको इजलासले मङ्सिर २५ गते दोषी ठहर गर्दै तीन वर्ष छ महिना कैद, पीडितलाई ५० हजार रूपियाँ क्षतिपूर्ति भराउने र ३५ हजार रूपियाँ जरिवाना गर्ने फैसला गरेको श्रेस्तेदार कमलप्रसाद आचार्यले जानकारी दिनुभयो ।

पीडितलाई आरोपितले ०७७ चैत २९ गते बलात्कार प्रयास गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालय हुम्लामा ०७७ चैत ३० गते उजुरी दिएका थिए ।

पीडित महिलाको स्वास्थ्य परीक्षण ०७७ चैत ३१ गते जिल्ला अस्पताल हुम्लामा गरिएको थियो ।

अन्य

भिडियो