INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा १२ वर्ष कैद सजायको फैसला

१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले बुद्वशान्ति गाउँपालिका‒२ का २९ वर्षीय दिलकुमार कामीलाई १२ वर्ष कैद सजायको फैसला सुनाएको छ ।

न्यायाधीश गिरीराज गौतमको मङ्सिर २८ गतेको इजलासले कसुर गरेको ठहर गर्दै कैद सजायको आदेश भएको अदालतका सूचना अधिकारी अर्जुनप्रसाद गुरागाँइले बताउनु भयो ।

पीडित बालिकालाई आरोपितले ०७६ माघ १६ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध माघ २० गते इलाका प्रहरी कार्यालय अनारमनीमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई सोही दिन गिरफ्तार गरी जिल्ला अदालतमा ०७६ फागुन १४ गते बलात्कार शीर्षकमा मुद्दा दर्ता गरी कारबाही अघि बढाएको थियो । जिल्ला अदालतको ०७६ फागुन १६ गते आदेशमा आरोपित पुर्पक्षका लागि थुनामा गएका थिए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण मेची अस्पतालमा ०७६ माघ १६ गते गरिएको थियो ।

अन्य

भिडियो