INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा आठ वर्ष कैद सजायको फैसला

१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले भोटखोला गाँउपालिका ‒४ का ३९ वर्षीय जिङक्प भोटेलाई आठ वर्ष कैद सजायको फैसला सुनाएको छ ।

न्यायाधीश शान्तिप्रसाद आचार्यको मङ्सिर २४ गतेको इजलासले कसुर गरेको ठहर गर्दै कैद सजायसँगै कसुरदारबाट २ लाख रुपियाँ जरिबानासँगै ५० हजार रुपियाँ क्षतिपूर्ति भराउन आदेश भएको अदालतका सूचना अधिकारी डिल्ली प्रसाईले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

अदालततको सोही आदेशले कसुरदार भोटेलाई २ हजार २ सय रुपियाँ पीडित राहत कोषमा जम्मा गर्न आदेश भएको सूचना अधिकारी  प्रसाईले बताउनु भयो ।

पीडित बालिकालाई आरोपितले ०७८ साउन ३० गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध साउन ३१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

प्रहरीले आरोपितलाई सोहीदिन गिरफ्तार गरी जिल्ला अदालतमा भदौ २५ गते बलात्कार शीर्षकमा मुद्दा दर्ता गरी कारबाही अघि बढाएको थियो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा ०७८ भदौ १  गते गरिएको थियो ।

अन्य

भिडियो