INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले बेसीशहर नगरपालिका–१० का ४० वर्षीय हरिबहादुर गुरुङलाई मङ्सिर २१ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले मङ्सिर २० गते बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपितविरुद्ध जिल्ला प्रहरी कार्यालय लमजुङमा मङ्सिर २१ गते उजुरी दिएको जिल्ला प्रहरी कार्यलय लमजुङका डिएसपी कृष्णबहादुर कार्कीले इन्सेक प्रतिनिधिलाई जानकारी दिनुभयो ।

16 days campaignNepali

पीडित पक्षको उजुरीपछि आरोपितलाई सोही दिन गिरफ्तार गरी घटनाको अनुसन्धान गरिरहेको उहाँले बताउनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल लमजुङमा मङ्सिर २१ गरिएको छ ।

अन्य

भिडियो