INSEC Online

📅 २०८३ श्रावण ९

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सिरहा नपा–२ का २२ वर्षीय राकेश यादवविरुद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालय सिरहामा मङ्सिर २० गते उजुरी दिएको छ ।

पीडित बालिकालाई आरोपितले कात्तिक ६ गते बलात्कार गरेको गाउँमै घटना मिलाउने प्रयास भएकाले उजुरी दिन ढिला भएको पीडित बालिकाका बाबुले बताए ।

16 days campaignNepali

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा मङ्सिर २० गते गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी सुभाष बुढाथोकीका अनुसार फरार आरोपितको खोजी कार्य जारी छ ।

अन्य

भिडियो