INSEC Online

📅 २०८३ जेष्ठ २१

सुहलियतको खाद्यान्न नपाउँदा महङ्गोमा किन्नु पर्ने बाध्यता

खाद्य व्यस्थापन तथा व्यापार कम्पनी लिमिटेड अन्तर्गतका डिपो तथा बिक्रि केन्द्रमा खाद्यान्न मौज्जाद शुन्य हुँदा सर्वसाधारणले व्यापारीबाट महङ्गोमा किन्नुपर्ने बाध्यता भएको छ ।

कम्पनी मुगु शाखा अन्तर्गत चार ओटा डिपो र दुई ओटा बिक्री केन्द्रमा यो आर्थिक वर्षमा डिपो तथा बिक्रि केन्द्रका लागि स्विकृत खाद्यान्न ठेकेदारले ढुवानी नगर्दा यस्तो समस्या आएको हो ।

डिपो तथा बिक्रि केन्द्रमा प्रति ३० किलो जिरा मसिनो १ हजार ६ सय ७५ र मध्यम चामल ३० किलोको बोरालाई १ हजार ६५ रूपियाँमा पाइनेमा हाल व्यापारीबाट प्रति २५ किलो जिरा मसिनाको २ हजार देखि २ हजार २ सय र मध्यमको १ हजार ७ सय देखि १ हजार ८ सय रूपियाँ तिरेर खानु परेको सोरू गाउँपालिका—९ का बाँचे बिकले बताउनुभयो ।

16 days campaignNepali

ज्याला मजदुरी गरेर जम्मा गरेको रकमले सहुलियतको खाद्यान्न  डिपोबाट नपाएपछि चार सय देखि पाँच सयसम्म महङ्गोमा तिरेर किनेर खानु पर्ने बाध्यता रहेको मुगुम कार्मारोङ गाउँपालिका—५ का सोनाम लामाले बताउनुभयो ।

सोरूकोट डिपोका लागि १ हजार पाँच सय, शाखा कार्यालय गमगढीलाई १ हजार क्विन्टल, श्रीकोट डिपोका लागि सुर्खेतबाट १ हजार ५ सय क्विन्टल र रातापानी बिक्री केन्द्रका लागि ८ सय ५० क्विन्टल कोटा छुट्याइएको छ ।

यस्तै पुलु डिपोका लागि सुर्खेतबाट १ हजार र शाखा कार्यालय गमगढीबाट ७ सय ५० क्विन्टल ढुवानीको जिम्मा ऋणमोक्ष वर्क सप्लार्यसले र कालै बिक्री केन्द्रका लागि २ हजार क्विन्टलको ढुवानीको जिम्मा हिमाल निमार्ण सेवाले पाएको भएपनि ढुवानीको जिम्मा लिएका ठेकेदारहरूले हालसम्म पनि ढुवानी नगर्दा सर्वसाधारण मर्कामा  परेको कम्पनी लिमिटेड मुगु शाखाका प्रमुख पुस्कर भामले बताउनुभयो ।

चाल आर्थिक वर्षमा मुगु शाखाको लागि छुट्याइएको ११ हजार क्विन्टल मध्ये ९ क्विन्टल राजापुर, नेपालगञ्ज, र सुर्खेतबाट शाखा कार्यालय गमगढीसम्म ढुवानीको जिम्मा खड्का निमार्ण सेवा जुम्लाले पाएको छ भने धनगढीबाट २ हजार क्विन्टल बराल निमार्ण सेवाले जिम्मा लिएको छ ।

शाखा कार्यालय गमगढीसम्म ढुवानीको जिम्मा लिएका दुई ठेकेदार मध्ये खड्का निमार्ण सेवाले १ हजार क्विन्टल मात्र ढुवानी गरेको कम्पनीले जनाएको छ ।

यो वर्ष भारी वर्षाको कारण अन्न उत्पादनमा ह्रास आएको र हिउँदको समयमा हिमपातको कारण ढुवानीमा समस्या हुने भन्दै सर्वसाधारणमा चिन्ता छाएको छ ।

‘हिमपात सुरू नहुँदा खाद्यान्न ढुवानी भए बिक्री गर्न सहज हुने थियो’ व्यापार कम्पनी लिमिटेड मुगुका प्रमुख भाम भन्नुहुन्छ ‘ढुवानीको जिम्मा लिएका ठेकेदारलाई ताकेता गरेपनि असारको अन्तिमसम्म ढुवानी गर्ने पाउने कानुनी आधार भएकोले हतार नगर्ने भनेर जवाफ फर्काउने गर्छन् ।’

Photo20211204Mugu

अन्य

भिडियो