INSEC Online

📅 २०८३ जेष्ठ २१

अज्ञात पक्षद्वारा नमस्तेको टावरमा आगजनी

सिमकोट गाउँपालिका–७ स्थित धारापोरीको ठाडा ढुङ्गामा रहेको नमस्ते फोनको टावरमा अज्ञात पक्षद्वारा आगजनी गरिएको छ ।

आफू सदरमुकाम सिमकोट आएको समयमा मङ्सिर १४ गते टावरमा आगजनी गरेर क्षति पुर्‍याएको टावरका चौकीदार कृष्णबहादुर शाहीले बताउनुभयो ।

16 days campaignNepali

शाहीका अनुसार उक्त टावर जलेर नष्ट भएपछि सिमकोट र नाम्खा गाउँपालिकाका गरेर करीब ८ हजार सेवाग्राही फोन सेवाबाट बञ्चित भएका छन् । टावरमा आगलागी भएको भन्ने खबर पाएपछि स्थानीयले आगो नियन्त्रणमा लिएको उहाँको भनाइ छ ।

टावरमा ४८ ओटा व्याट्री र अन्य टावर सञ्चालनका लागि प्राविधिक सामाग्री जलेर नष्ट भएका कारण क्षतिको एकिन गर्न नसकिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी हेरम्ब शर्माले बताउनुभयो ।

घटनाको पर्याप्त विवरण आइनसकेको र संलग्नहरूको खोजी भइरहेको डिएसपी शर्माको भनाई छ ।

अन्य

भिडियो