INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा १० वर्ष कैद सजायको फैसला

१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले खाँदबारी नगरपालिका‒८ का १९ वर्षीय अनिश मगरलाई १० वर्ष कैद सजायको फैसला सुनाएको छ ।

न्यायाधीश शान्तिप्रसाद आचार्यको मङ्सिर १५ गतेको इजलासले कसुर गरेको ठहर गर्दै कैद सजायसँगै कसुरदारबाट ५० हजार रुपियाँ पीडितले पाउने गरी क्षतिपूर्ति भराउन र १ हजार ८ सय रुपियाँ राहत कोषमा जम्मा गर्न आदेश भएको अदालतका सूचना अधिकारी डिल्ली प्रसाईले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

16 days campaignNepali

पीडित बालिकालाई आरोपितले ०७८ वैशाख ३ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध वैशाख ४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

आरोपितविरूद्ध प्रहरीले जिल्ला अदालतमा वैशाख २८ गते बलात्कार शीर्षकमा मुद्दा दर्ता गरी कारबाही अघि बढाएको थियो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सङ्खुवासभामा ०७८ वैशाख ५ गते गरिएको थियो ।

अन्य

भिडियो