१५ वर्षीया बालिकालाई मङ्सिर ९ गते बलात्कार गरेको आरोपमा प्रहरीले मङ्सिर १४ गते रामेछाप नगरपालिका–१ गोठगाउँ खुर्पातीका ३२ वर्षीय नवराज कार्कीलाई गिरफ्तार गरेको छ ।

ती बालिकाका आफन्तले मङ्सिर १४ गते प्रहरीमा उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका इन्स्पेक्टर श्रीशङ्कर श्रेष्ठले जानकारी दिनुभयो ।
पीडित बालिकाको स्वास्थ्थ परीक्षण मङ्सिर १५ गते प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीमा भयो ।