१७ वर्षीया बालिकालाई बलात्कार गरेको भन्दै दार्मा गाउँपालिका–५ का २६ वर्षीय विरेन्द्र चन्द बिरूद्ध पीडित पक्षद्वारा मङ्सिर १० गते जिल्ला प्रहरी कार्यालय सल्यानमा उजुरी दर्ता भएको छ ।
विवाह गर्ने प्रलोभनमा ०७८ मङ्सिर ७ गते शारदा नगरपालिकास्थित होटलमा दुई दिन राखेर ९ गते भागेपछि उजुरी दिएको पीडितले इन्सेक प्रतिनिधिसँग बताउनुभयो ।

बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सल्यानमा मङ्सिर १० गते भएको अस्पतालका प्रमुख दशरथ श्रेष्ठले जानकारी दिनुभयो ।
आरोपितको खोजी भइरहेको प्रहरीले जनाएको छ ।