४६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले मेन्छयायेम गाउँपालिका–६ का ५४ वर्षीय खजेन्द्रबहादुर दमाईलाई मङ्सिर ८ गते गिरफ्तार गरेको छ ।
पीडित महिलालाई आरोपितले ०७८ कात्तिक १७ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध कात्तिक १८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरी लगत्तै फरार भएका आरोपितलाई मेन्छयायेम गाउँपालिका–६ बाट अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर कमल ठाकुरले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा कात्तिक १८ गते गरिएको थियो ।