११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा खैरहनी नगरपालिका–५ का २४ वर्षीय सुवास उप्रेतीविरुद्ध पीडित पक्षले कात्तिक २८ गते इलाका प्रहरी कार्यालय खैरहनीमा उजुरी दिएको छ ।
पीडित बालिकालाई आरोपितले कात्तिक २७ गते बलात्कार गरेको आरोपमा कात्तिक २७ गते नै स्थानीयले आरोपितलाई नियन्त्रणमा लिइ प्रहरीलाई बुझाएको इलाका प्रहरी कार्यालयका इन्स्पेक्टर सुवास शर्माले जानकारी दिनुभयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण कात्तिक २८ गते भरतपुर अस्पतालमा गरिएको छ ।