INSEC Online

📅 २०८३ जेष्ठ २१

पार्क उद्घाटनका विषयमा दलीय सहमति नजुट्दा निषेध आदेश जारी

कमलामाई नगरपालिका–६ मा निर्माण गरिएको पार्क वरपर जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कात्तिक २४ गते बिहान ११ बजेदेखि राति १२ बजेसम्मका लागि निषेध आदेश जारी गरेको छ ।

शान्ति सुरक्षाको अवस्थालाई मध्यनजर गरी जिल्ला सुरक्षा समिति सिन्धुलीको सिफारिसमा प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेद्वारा जारी सूचनामा निषेध आदेशबारे उल्लेख छ ।

प्रशासनले स्टल बजार, जुनार चोक, बसपार्क, ग्वाङखोला पुल, हसिपटल रोड क्षेत्र भित्र राति १२ बजेसम्मका लागि निषेध आदेश जारी गरेको हो ।

उक्त क्षेत्रमा शान्ति सुरक्षामा खलल पुग्ने कुनै किसिमका सभा समारोह तथा जुलुस नगर्न प्रशासनले सूचना जारी गरेको छ ।

स्थानीय प्रशासन ऐन २०२८ को दफ ६ को उपदफा (३) क ले दिएको अधिकार प्रयोग गरी निषेधित क्षेत्र घोषणा गरिएको जिल्ला प्रशासन कार्यालय सिन्धुलीले जनाएको छ ।

कमलामाई नगरपालिकाले निर्माण गरेको पार्क उद्घाटनको विषयमा दलीय सहमति नुहँदा प्रशासनले निषेध आदेश घोषणा गरेको हो ।

कमलामाई नगरपालिकाले कात्तिक २४ गते बिहान पूर्व उपप्रधानमन्त्री एवम् एमाले महासचिव इश्वर पोख्रेलबाट पार्कको उद्घाटन गर्ने र पार्कमा राखिएका पुष्पलाल श्रेष्ठ र विश्वेश्वरप्रसाद कोइरालाको शािलकमा माल्यापार्ण गर्ने कार्यक्रम तय गरिएको थियो ।

अन्य

भिडियो