INSEC Online

📅 २०८३ जेष्ठ २१

यात्रुवाहक बसमा आगजनी, सवारीधनीलाई कुटपिट

मलेठ गाविस-२ स्थित राजविराज-रुपनी सडक खण्डमा ना. ५ ख. ६७१३ नम्बरको ‘स्वस्तिका’ बसमा फागुन २६ गते राति आगजनी भएको छ ।

Photo20170310Saptari

बीरगञ्जबाट राजविराज आउँदै गरेको बसका यात्रुहरूलाई ओरालेर तोडफोड गर्नुका साथै पेट्रोल खन्याएर आगजनी गरिएको प्रत्यक्षदर्शीहरूले बताए । उक्त बसमा सवार राजविराज नपा-६ की ३७ वर्षीया सवारीधनीलाई कुटपिट गरेको पीडितले बताइन् । फागुन २६ गते बिहान सोही बाटोमा राष्ट्रिय मानव अधिकार आयोगका सदस्य एवम् प्रवक्ता मोहना अन्सारी चढेको बा.७ च ७४७९ नम्बरको जीप तोडफोड भएको थियो ।

सप्तरीको बसविट्टी गाविस-५ स्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा फागुन २३ गते भएको घटनाको विरोधमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले बन्दको आह्वान गरेका छन् । बन्दको अवज्ञा गरेको आरोपमा बसमा आगजनी गरिएको बताइएको छ । उक्त घटनामा गोली लागेर मृत्यु भएका चार जनामध्ये तीन जना मलेठ गाविसका हुन् ।

मोर्चा सप्तरीले फागुन २४ गतेदेखि नै अनिश्चितकालिन बन्दको घोषणा गरेको छ । मोर्चाका कार्यकर्ताहरुले ठाउँ-ठाउँमा टायर बालेर विरोध गरिरहेकाले सप्तरीको अवस्था अहिले पनि तनावग्रस्त छ ।

अन्य

भिडियो