INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार गरेको कसुरमा कैद सजायको फैसला

१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले मेचीनगर नगरपालिका–५ का २० वर्षीय कुमार काफ्लेलाई पाँच वर्ष कैद सजायको फैसला सुनाएको छ ।

न्यायाधीश नारायणप्रसाद पराजुलीको कात्तिक १६ गतेको इजलासले कसुर गरेको ठहर गर्दै कैद सजायसँगै कसुरदारबाट पीडित राहत कोषमा १ हजार  जम्मा गर्न आदेश भएको अदालतका श्रेस्तेदार मदनप्रसाद पराजुलीले इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनु भयो ।

पीडित बालिकालाई आरोपितले ०७७ असोज ४ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध असोज ७ गते इलाका प्रहरी कार्यालय काँकडभिट्टामा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई प्रहरीले ०७७ असोज ७ गते गिरफ्तार गरी जिल्ला अदालतमा असोज २० गते बलात्कार शीर्षकमा मुद्दा दर्ता गरी कारबाही अघि बढाएको थियो ।

जिल्ला अदालतको  असोज २१ गते आदेशमा आरोपित पुर्पक्षका लागि थुनामा गएका थिए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण मेची अस्पतालमा असोज  ७ गते गरिएको थियो ।

अन्य

भिडियो