चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भिमदत्त नगरपालिका–१६ परखेडीका ५० वर्षीय करन सिंहलाई कात्तिक १३ गते गिरफ्तार गरेको छ ।
बालिकालाई आरोपितले कात्तिक १३ गते बलात्कार गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा कात्तिक १३ गते नै उजुरी दिएका थिए ।
पीडित पक्षले दिएको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर लालबहादुर बमले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण कात्तिक १४ गते महाकाली प्रादेशिक अस्पतालमा गरिएको छ ।