INSEC Online

📅 २०८३ जेष्ठ २१

महिला हिंसा न्यूनीकरण नभएको निष्कर्ष

१ सय ७ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा महिला तथा बालबालिका कार्यालय सहित गठित मूल समारोह समितिको आयोजनामा फागुन २५ गते तानसेन, पाल्पामा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ ।

अन्तर्क्रिया कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक हरिराज वाग्ले र गैरसरकारी संस्था महासङ्घ पाल्पाका अध्यक्ष भेषराज तिमिल्सिनाले अहिले पनि महिलाहरू कुनै न कुनै रुपमा सामाजिक हिंसामा परेको औल्याए ।

कार्यक्रममा आफ्नो भनाइ राख्दै प्रमुख जिल्ला अधिकारी बावुराम गौतमले श्रमिक महिला दिवसको अवसरमा मात्रै नभएर वर्षैभरि विभिन्न रचनात्मक अभियानहरू सञ्चालन हुनुपर्नेमा जोड दिए । उनले महिला हिंसा बढ्दै गएकोले यसको न्यूनीकरणका लागि सरकारी र गैरसरकारी निकायको उत्तिकै भूमिका रहने बताए । सो अवसरमा इन्सेक पश्चिमाञ्चल संयोजक शिव खकुरेल, महिला अधिकारकर्मी शोभा शाक्य लगायतले बोल्दै शिक्षित समुदायबाटै महिलाहरू हिंसामा परेको बताए । दिवसका अवसरमा जिल्लाका ग्रामीण क्षेत्रहरूमा समेत सरकारी तथा गैरसरकारी निकायहरूको समन्वयमा र्‍याली, सभा तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ ।

अन्य

भिडियो