सरकारले तोकेको न्यूनतम पारिश्रमिक दिनुपर्ने लगायतका माग राख्दै स्वाबलम्बन लघुवित्त वित्तीय संस्थाका कर्मचारी आन्दोलित छन् ।
आन्दोलित कर्मचारीहरूले संस्थाको केन्द्रीय कार्यालय कमलपोखरीमामा लगातार ८१ दिनदेखि धर्ना दिँदै आएका छन् ।

संस्थाको कर्मचारी सङ्गठनका अध्यक्ष दीपक चौधरीका अनुसार सरकारले तोकेको न्यूनतम पारिश्रमिक दिनुपर्ने, ट्रेड युनियन सञ्चालन गर्न पाउनुपर्ने, श्रमसम्बन्धी कानुनी अधिकारको प्रयोग गर्न बन्देज लगाउन नहुने, अतिरिक्त समय काम गरे बापत अतिरिक्त भत्ताको व्यवस्था गर्नुपर्ने, कोभिडबाट सङ्क्रमित २ सय ५० जना कर्मचारीलाई उपचार गर्दा लागेको खर्च दिनुपर्ने, सहायक तथा सहयोगी श्रेणीका कर्मचारीको तलब, ग्रेड तथा भत्ता बृद्धि समायोजन गर्दाको भेदभाव हटाउनु पर्ने लगायतका माग राखेर आन्दोलन गरिएको हो ।

संस्थाको व्यवस्थापनले धर्नामा बसेबापत ट्रेड युनियनमा रहेका सात जना कर्मचारीलाई बर्खास्त गर्ने नियत राखी सात दिने स्पष्टिकरण सोध्नुका साथै पत्रिकामा सूचना निकाले चौधरीको आरोप छ ।