INSEC Online

📅 २०८३ जेष्ठ २२

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

दुई जना १३ र एक १४ वर्षीय बालकहरुलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले ४४ वर्षीय क्यानडेली नागरिक रोबर्ट किंक्लेलाई पोखरा महानगरपालिका–६ लेकसाइडबाट कात्तिक ६ गते गिरफ्तार गरेको छ ।

डेढ वर्षदेखि पोखरामा बस्दै आएका आरोपितलाई लेकसाइडस्थित कोठामा तीन जना पीडितलाई दुर्व्यवहार गरिरहेको बेला गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी सुवास हमालले जानकारी दिनुभयो ।

प्रहरीले आरोपितविरुद्ध अप्राकृतिक मैथुन र बालबालिकाविरुद्धको कसुरमा जिल्ला अदालत कास्कीबाट सात दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको उहाँले बताउनुभयो ।

पीडितहरूको स्वास्थ्य परीक्षण कात्तिक ६ गते पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा गरिएको छ ।

अन्य

भिडियो