INSEC Online

📅 २०८३ जेष्ठ २१

वर्षातका कारण काटेर राखेको धान नष्ट, कृषक मारमा

असोज ३१ गतेदेखि गण्डकी प्रदेशमा परेको अविरल वर्षाले धानवालीलाई असर पारेको छ । नेपाल सरकार कृषि, सहकारी तथा पशुपन्छी मन्त्रालय कृषि विभागको ०७८ साउन २८ गतेकाे तध्याङ्क अनुसार प्रदेशमा कुल १ लाख ८ हजार २ सय ७८ हेक्टर क्षेत्रफल धान रोपाइका लागि उपयुक्त रहेको छ जसमध्ये १ लाख ६ हजार ८ सय १०.६९६ हेक्टरमा धान रोपाइ भएको थियो । विगत तीन दिन देखिको वर्षका कारण भएको धानवाली क्षतिको प्रदेश सरकारले यकिन तथ्याङ्क भने सार्वजनिक गरेको छैन ।

कास्की प्रतिनिधि सुशन घिमिरेका अनुसार हालै आएको अविरल वर्षका कारण काटेर राखेको धान नष्ट बनाएको छ भने काट्न बाँकी रहेको धान डुबाएको छ ।  वर्षाले पोखरा महानगरपालिका–२५ हेमजामा काटेर थन्क्याउन बाँकी रहेको धान, पानीले क्षति पुर्‍याएको छ भने पोखरा महानगरपालिका–२७ र काहुँखोला–१३ मा हावाहुरीका कारण धान ढलेका छन् । पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनोहर कडरियाका अनुसार कति बाली नष्ट भयो भन्ने यकिन तथ्याङ्क आइ नसकेको भएपनि २५ प्रतिशतसम्म उत्पादन घट्ने अनुमान गरिएको छ ।  पोखरा महानगरपालिका भित्र काटेर राखिएका उच्च उत्पादन दिने हाइब्रिड धानमा वर्षाका कारण क्षति पुगेको छ । केही ठाउँमा हावाहुरीका कारण काट्न बाँकी रहेका स्थानीय धान ढलेका छन् । ‘काटेर राखिएका धानहरूमा बढी क्षति भएको छ केही स्थानमा हावाहुरीका कारण स्थानीय धानहरू ढलेका छन् जुन हाइब्रिड भन्दा कम जोखिममा रहेका छन् , हेमजामा काटेर राखिएका धानमा बढी असर परेको देखिएको छ’,–उहाँले भन्नुभयो । पोखराका कुल ११ हजार २०० हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको उहाँले जानकारी दिनुभयो । जसमध्ये ४० प्रतिशत जेठो बुढो, ४० प्रतिशत स्थानीय मंसुली र  २० प्रतिशत हाइब्रिड रहेका छन् । वर्षाका कारण पोखरा महानगरपालिका–२५ स्थित हेमजा फाँटमा खेतमा काटेर राखिएका धान नष्ट भएको छ । हेमजामा उच्च उत्पादन हुने हाइब्रिड धानमा बढी क्षतिपुगेका कारण २५ प्रतिशत उत्पादन घट्ने अनुमान गरिएको छ ।

Photo20211020Kaski1

Photo20211020Kaski3

गोरखा प्रतिनिधि हरिराम उप्रेतीका अनुसार कात्तिके झरिको प्रभावमा गोरखाका किसानपनि मारमा परेका छन् । धान काट्ने बेला लगातार पानी पर्दा किसान समस्यामा परेको कृषि ज्ञान केन्द्रका प्रमुख परशुराम अधिकारीले बताउनुभयो । पालुङटार नगरपालिका–९ का किसानले लगाएको करिब पॉच रोपनी क्षेत्रफलको अगौटे धानका पाँजा कात्तिके झरिले रूझाएको उहाँको भनाइ छ । ‘पाँजाहरू रूझाएपछि धानकुहिन सक्छ खेतमापानी पनि छ भने पानी तर्काउन किसानलाई भनेका छौ । ,’–उहाँले भन्नुभयो । दशै लगतै काट्न तयार गरिएको केही ठाउँका धानलाई हावाहुरीले ढालेर असर गरेकाले क्षतिको यकिन विवरण लिन पालिकाको कृषि शाखालाई भनिएको उहाँको भनाइ छ । पाक्ने अवस्थाका किसानका धान लगातार पानी परे बोटमै उम्रने सक्ने भएकाले सचेत रहन भनिएको उहाँको भनाइ छ । लगातारको झरिले सामान्य असर गरेपनि जिल्लामा ठुलो मात्रामा धान खेतीलाई असर भने नगरेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

Photo20211020Kaski2

Photo20211020Kaski4

लमजुङ प्रतिनिधि दलबहादुर मजाकोटीका अनुसार जिल्लाको पुर्वी भाग राइनस नगरपालिकामा वर्षातले धानबालीमानिकै असर पुर्याएको छ । स्थानीयतहमा उत्पादन भएको ४० प्रतिशत धान खेतीपानीको कारण नष्ट भएको छ । राइनास नगरपालिकाका प्रमुख सिंहबहादुर थापाले भन्नुभयो –‘धान उत्पादनको ४० प्रतिशत धान वर्षाका कारण नष्ट भएको छ । यसले अब आउने केही समयमा खाद्यन्नको मुल्यमा बुद्धि हुने र खाद्य सङ्कटको अवस्था सिर्जना हुनसक्ने छ ।’

अन्य

भिडियो