१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले षडानन्द नगरपालिका–१ कुलुङका ८१ वर्षीय ज्येष्ठ नागरिक दीपबहादुर राईलाई असोज ७ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले असोज ४ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध असोज ६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी राजकुमार राईले इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा असोज ६ गते गरिएको छ ।