INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

२५ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले आठराई गाउँपालिका–६ का २५ वर्षीय वेदाङ्ग कन्दङ्गवालाई असोज २ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले ०७७ माघ २६ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध माघ २७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरी लगत्तै फरार भएका आरोपितलाई झापाबाट जिल्ला फर्कदै गरेको अवस्थामा आठराई गाउँपालिका–३ बाट अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर कालम ठाकुरले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा ०७७ माघ २७ गते गरिएको थियो ।

अन्य

भिडियो