INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार प्रयास घटनाका फरार आरोपित गिरफ्तार

७३ वर्षीया बृद्धालाई बलात्कारको प्रयास गरेको आरोपमा गोकुलगंगा गाउँपालिका–४ का २५ वर्षीय शुक्रबहादुर मुग्रातीलाई प्रहरीले ०७८ भदौ २८ गते गिरफ्तार गरेको छ ।

पीडित वृद्धालाई २०७७ पुस २३ गते घरमा एक्लै भएको मौका पारी बलात्कार प्रयास गरेको भन्दै पीडित पक्षले सोही दिन गोकुलगंगा इलाका प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

बलात्कार प्रयासको घटनापछि मुग्राती भागेर भारतका विभिन्न स्थानमा लुक्दै बसेका र हाल घरमा आएको मौका पारी गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख डीएसपी नवराज ढुङ्गानाले बताउनु भयो ।

आरोपित मुग्रातीलाई भदौ २९ गते जिल्ला अदालत रामेछामा उपस्थित गराई पाँच दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको डिएसपी ढुङ्गानाले जानकारी दिनु भयो।

अन्य

भिडियो