३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा इच्छाकामना गाउँपालिका–१ का २८ वर्षीय सनबहादुर प्रजाविरुद्ध पीडितले भदौ ८ गते जिल्ला प्रहरी कार्यालयमा उजरी दिएकी छन् ।
पीडित महिलालाई आरोपित प्रजाले जेलमा रहेका पतिलाई छुटाउने आश्वासनमा नौ महिना अघि नारायणगढको एक होटलमा लगि बलात्कार गरेको उजुरीमा उल्लेख गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी सूर्य थापाले बताउनु भयो ।
कर्तव्य ज्यान मुद्दामा पीडितका पति चार वर्षदेखि भरतपुर कारागारमा छन् । पति कारगारमै रहेको अवस्थामा पीडितले भदौ १ गते छोरा जन्माएपछि घटना सार्वजनिक भएको हो ।
पतिलाई जेलबाट छुटाइदिने भनेपछि उसकै साथ लागेर नौ महिना अघि भरतपुर गएको तर, विश्वासको फाइदा उठाउँदै आरोपितले नारायणगढको कुनै एक होटलमा बलात्कार गरेको भए पनि मिति र स्थान बारे थाहा नभएको पीडितले बताइन् ।
पीडित महिलाको स्वास्थ्य परीक्षण भदौ ८ गते भरतपुर अस्पतालमा गरियो ।