भिमदत्त नगरपालिकामा शिक्षक र प्रहरीबिच झडप हुदा दुवैतर्फका १७ जना घाइते भएका छन् ।
शिक्षक दरबन्दी मिलानको विषयमा असहमति जनाउँदै भिमदत्त नगरपालिकाको कार्यालयमा शिक्षकहरुले लगाएको ताला प्रहरीले खोलेपछि दुवै पक्षबिच झडप भएको हो ।
नगरपालिकाको शिक्षा शाखामा लगाएको ताला खोल्दा प्रहरी र शिक्षकबिच झडप हुदा ११ जना प्रहरी र ६ जना शिक्षक घाइते भएका जिल्ला प्रहरी कार्यालयका डिएसपी सिद्धराज न्यौपाने बताउनु भयो ।
प्रहरीले लाठ्ठी चार्ज गर्दा शिक्षक विरेन्द्र बोहरा, नेपाल विद्यार्थी सङ्घका पूर्व सह–महामन्त्री अच्युत कलौनी र नेपाली काङ्ग्रेस भिमत्त नगरपालिका– १८ का सभापति राजेन्द्र केसीलगायत १२ जना घाइते भएका कञ्चनपुर जिल्ला शिक्षक सङ्घका सचिव नवीन धामीले बताउनु भयो ।
शिक्षक बिरेन्द्र बोहराको टाउँकोमा गहिरो चोट लागेका कारण उहाँको थप उपचारका लागि धनगढीस्थित निर्सग अस्पताल रिफर गरिएको छ भने अन्य घाइतेको माहाकाली प्रादेशिक अस्पतालमा सामान्य उपचारपछि घर फर्किएका छन् ।
भिमदत्त नगरपालिका शिक्षा शाखा समितिको असार ३१ गते बसेको बैठकले शिक्षक दरबन्दी मिलान गर्ने निर्णय गरेको थियो ।
शिक्षक दरबन्दी कार्यविधि २०७६ विपरित मनपरि ढङ्गले शिक्षकको दरबन्दी मिलान गरिएको भन्दै नेपाल शिक्षक सङ्घमा आवद्ध शिक्षकहरुले साउन ३ गतेदेखि शिक्षा शाखामा अनिश्चिकालिन तालाबन्दी गरेका थिए ।
नवलपरासी जिल्ला कारागारका १ सय ७३ जना कैदीबन्दी अझै फरार
नवयुवा पुस्ताले ०८२ भदौ २५ गते गरेको प्रदर्शनका क्रममा नवलपरासी