सरकारले ल्याएको राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेशको विरोधमा भदौ २ गते भएको प्रर्दशनका क्रममा पोखरा महानगरपालिका–५ का २४ वर्षीय शिव पराजुली घाइते भएका छन् ।
नेकपा एमाले सम्बद्ध राष्ट्रिय युवा सङ्घ नेपाल र अनेरास्ववियूको संयुक्त आयोजनमा पोखरास्थित भिमसेन चोकमा गरिएको विरोध र्याली पछिको कोण सभामा प्रहरीले हस्तक्षेप गर्दा अनेरास्ववियू कास्की जिल्ला कार्यालय सदस्य समेत रहेका पराजुली घाइते भएका छन् ।
कोणसभा भइरहेकाे बेला प्रहरीले लाठी प्रहार गर्दा टाउकोमा चोट लागेको पीडितले बताउनुभयो ।
घाइतेको टाउकोमा चार ओटा टाँका लगाइ ओम अस्पताल पोखरामा उपचार भएको छ ।
अनेरास्ववियू कास्कीका संयोजक विजय पौडेलले शान्तिपूर्ण आन्दोलनपछि कोणसभामा प्रहरीले अचानक हस्तक्षेप गरेको बताउनुभयो ।