INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई यौन  दुर्व्यवहार गरेको आरोपमा पाँचपोखरी थाम्पाल गाउँपालिका–७ तिपेनी निवासी श्री क्षेत्रपालेश्वरी माविका शिक्षक २८ वर्षीय शतिसलाल श्रेष्ठलाई प्रहरीले भदौ १ गते तिपेनी बजारबाट गिरफ्तार गरेको छ ।

विद्यालयबाट घरतर्फ जाँदै गर्दा आरोपितले ०७८ साउन २७ गते दिउँसो बाटोमा यौन  दुर्व्यवहार गरेको भन्दै पीडितले सोही दिन इलाका प्रहरी कार्यालय मेलम्चीमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर हरिबोल केसीले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण प्राथमिक स्वास्थ्य केन्द्र मेलम्चीमा साउन २७ गते गरिएको थियो ।

अन्य

भिडियो