INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका फरार आरोपित गिरफ्तार

२१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले धनगढी उपमहानगरपालिका–२ मालिका टोलका ४४ वर्षीय बिरेन्द्रबहादुर सिंहलाई साउन ३० गते गिरफ्तार गरेको छ ।

बलात्कार घटनाका फरार आरोपित सिंहलाई साउन ३० गते शिखर नगरपालिका–२ कालगाडबाट नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय, दिपायलमा जिम्मा लगाइएको पीडितका दाजुले इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनु भयो ।

भेटघाट गर्नु छ भनेर आफूलाई होटेलमा बोलाएर बलात्कार गरी फरार भएको र आफ्नो पेटमा ६ महिनाको गर्भ समेत रहेको पीडित युवतीले इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनु भयो ।

पीडितलाई आरोपितले ०७७ माघ ३ गते दिपायल सिलगढी नगरपालिका–४ पिपल्ला बजारस्थित होटेलमा बोलाएर बलात्कार गरेको भन्दै पीडितका बुवाले ०७८ साउन ३२ गते जिल्ला प्रहरी कार्यालय, डोटीमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर कान्ति जोशीले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको र आज नै पीडितको स्वास्थ्य परीक्षण गर्ने तयारी गरिएको जिल्ला प्रहरी कार्यालय, डोटीका इन्स्पेक्टर जोशीले बताउनु भयो ।

अन्य

भिडियो