INSEC Online

📅 २०८३ जेष्ठ २१

हेटौँडा अस्पतालमा अक्सिजन प्लान्ट जडान

हेटौँडा अस्पतालमा दैनिक १ सय २० सिलिण्डर अक्सिजन उत्पादन हुने प्लान्टको जडान भएको छ । अस्पतालमा प्लान्टको जडानसँग अक्सिजन उत्पादनको बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले साउन ३१ गते उद्घाटन गर्नु भएको हो ।

प्लान्टको उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले हेटौँडा अस्पतालको अझै पनि सेवा वृद्धि गर्न आफूहरू लागि परेको बताउनु भएको छ । अस्पतालमा डाक्टरसँगै सेवा पनि बृद्धी भएको र अझै पनि धेरै खालका सेवा बढाउँदै लैजाने उहाँले बताउनुभयो ।

photo20780431makawanpur1 पहिले तीन जना मात्र डाक्टरको भरमा सञ्चालन हुँदै आएको अस्पतालमा अहिले ५० जना भन्दा बढी डाक्टरले सेवा दिँदै आएको बताउँदै अबको दुई वर्ष भित्रमा ५ सय बेडको अस्पताल बनाउने लक्ष्यका साथ भवन निर्माणको काम भइरहेको पनि मुख्यमन्त्री पौडेलले बताउनुभयो ।

स्वास्थ्य क्षेत्रमा आमुल परिवर्तन ल्याइएको वताउँदै मुख्यमन्त्री पौडेलले भन्नुभयो–‘प्रदेश सरकारले चलाएका कुनै पनि अस्पतालमा अक्जिनको अभाबमा ज्यान गुमाउनुपर्ने अवस्था श्रृजना हुन दिने छैन । हामीले प्रदेश मातहतका अस्पतालमा अक्सिजन प्लान्ट र पीसीआर मेसिन राख्दै छौं ।’

कार्यक्रममा बागमती प्रदेशका सामाजिक विकास मन्त्री सरस्वती बस्नेतले सबैको सहयोगबाट नै कोभिड सङ्क्रमण नियन्त्रण र उपचारका लागि काम गरिएको वताउनुभयो ।

सबै सहयोगीहरू प्रति धन्यवाद दिँदै उहाँले भन्नुभयो–‘अस्पतालका लागि अक्सिजन प्लान्ट सहयोग गरेर राम्रो सहयोग पुगेको छ । हेटौँडा अस्पताललाई कोभिड अस्पतालको रूपमा प्रयोग गरिएको छ । कोभिडको दोस्रो लहरका बिरामीहरूलाई अस्पतालमा अक्सिजनको अभाव भएर बिरामीहरू अन्यत्र रिफर गर्नु परेको थियो ।

photo20780431makawanpur2अब त्यस्तो समस्या व्यहोर्नु पर्दैन, अस्पताल सञ्चालक समितिका अध्यक्ष राजेश प्रसाईंले भन्नुभयो, ‘हेटौँडाका उद्योगीहरूको सहयोगका कारणले अब बिरामीको उपचारको निम्ति हेटौँडा अस्पतालमा अक्सिजनको समस्या हुँदैन ।’

यसअघि हेटौंडा उपमहानगरपालिकाले पनि अस्पताललाई अक्सिजन प्लान्ट हस्तान्तरण गरिसकेको र त्यसबाट अक्सिजन उत्पादन भइरहेको मेयर हरिबहादुर महतले वताउनुभयो ।

हेटौँडा अस्पतालमा अहिले ३९ जना कोभिड सङ्क्रमितहरूको उपचार भइरहेको छ । अस्पतालमा १७ बेड आईसीयू, १६ शैय्याको एचडीयू, भेन्टिलेटरसहितको ६ आुेटा र आकस्मिक कक्षमा ओ ओटा बेड रहेका छन् । अस्पतालमा अहिले १ सय २० शैय्या छन् ।

कोभिड–१९ सङ्क्रमणका बिरामी अस्पतालमा थपिदै गएपछि उद्योगी, व्यावसायीहरूको सहयोगमा खरिद गरेको प्लान्ट अस्पतालको अक्सिजन सप्लाई पाइपमा जडानपछि साउन ३१ गते नै उद्योग सङ्घका अध्यक्ष लेखराज पोखरेलले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्टार तथा अस्पताल सञ्चालक समितिका अध्यक्ष राजेश प्रसाईलाई हस्तान्तरण गर्नु भएको छ ।

उद्योग सङ्घ मकवानपुरको १ करोड ३६ लाख ९५ हजार रुपैयाँ सहयोगमा अस्पतालमा अक्सिजन प्लान्ट जडान भएको हो ।

अन्य

भिडियो