२४ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा सिरहा नपा–१९ का २३ वर्षीय सञ्जितकुमार यादवविरुद्ध पीडितले जिल्ला प्रहरी कार्यालय सिरहामा साउन २५ गते उजुरी दिनु भएको छ ।
आरोपित यादवले साउन २३ गते बलात्कार प्रयास गरेको र घटना गाउँमै मिलाउने प्रयास गरेकाले उजुरी दिन ढिला भएको पीडित महिलाले बताउनु भयो ।
पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा साउन २५ गते गरिएको छ ।
आरोपित फरार रहेकाले खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी सुभाष बुढाथोकीले बताउनु भयो ।