INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कारपछि हत्या घटनाका आरोपितविरुद्ध उजुरी दर्ता

१७ वर्षीया बालिकालाई बलात्कारपछि हत्या गरेको भन्दै पीडित पक्षले १७ वर्षीय बालकविरुद्ध जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा साउन २४ गते उजुरी दिएका छन् ।

पीडितलाई आरोपितले ०७८ साउन २२ गते साँझ बलात्कार गरेपछि हत्या गरेको भन्दै पीडित पक्षले  आरोपितविरुद्ध जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा उजुरी दिएका थिए ।

पीडित पक्षले जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा दर्ता गराएको उजुरी साउन २४ गते जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वमा दर्ता गरिएको डिएसपी दिलिप गिरीले बताउनुभयो ।

घटनापछि पीडितको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई उपचारको लागि पश्चिम नवलपरासी स्थित शहिद स्मृति सामुदायिक अस्पताल चौपत्ता लग्दा उनलाई चिकित्सकले मृत घोषण गरेको मृतकका बुबाले बताउनुभयो ।

घटनापछि फरार रहेका आरोपितको खोजि कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी  (बर्दघाट सुस्ता पूर्व) का डिएसपी गिरीले बताउनुभयो ।

मृतकको पोष्टमार्टम लुम्बिनी प्रादेशिक अस्पताल रुपन्देहीमा साउन २४ गते भएको छ ।

अन्य

भिडियो