INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

बौद्धिक अपाङ्गता भएकी १७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रोल्पा जिल्ला घर भई धुनिबेसी नगरपालिका–८ स्थित  ईट्टा भट्टामा काम गर्ने २० वर्षीय शिवराज परियारलाई प्रहरीले ०७८ साउन २४ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई कोठामा बोलाएर आरोपित परियारले साउन २३ गते राति बलात्कार गरेको भन्दै पीडितका आफन्तले साउन २४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको एसपी महेन्द्र खड्काले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण साउन २४ गते धादिङ अस्पतालमा गरिएको छ । साथै पीडितलाई सुरक्षित आवासगृहमा राखिएको छ भने अदालतको साउन २४ गतेको आदेशले आरोपितलाई अनुसन्धान गर्न पाँच दिन हिरासत राख्न अनुमति दिएको छ ।

अन्य

भिडियो